काठमाडौं । आरएमडिसी लघुवित्तको नाफा ९९.४८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को तौथो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तले असार मसान्तसम्ममा ३५ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ९९.४८ प्रतिशत बढि हो । गत वर्ष यस्तो रकम १७ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा लघुवित्तको सञ्चालन आम्दानी ६३ करोड ३९ लाख रुपैयाँ पुगेको छ यो गतवर्षको तुलनामा ४२.०२ प्रतिशत बढि हो भने लघुवित्तको सञ्चालन नाफा ८६.०१ प्रतिशतले बढेर ५१ करोड ४१ लाख रुपैयाँमा पुुगेको छ । त्यस्तै असार मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ४.८४ प्रतिशतले बढेर २ अर्ब ८ करोड पुगेको छ । त्यसैगरी, लघुवित्तको सापटी २९.६८ प्रतिशतले घटेकोर २५ करोड १५ लाख रुपैयाँमा झरेको छ भने कर्जा ०.२६ प्रतिशत प्रतिशत बढेको छ।
असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ६० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ६८ रुपैयाँ १८ पैसा रहेको छ ।



