images
images

६१.४३ प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा, अन्य सुचक कस्तो छ ?


  • 561
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    ६१.४३ प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । महिला लघुवित्तको नाफा ६१.४३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८र७९ को तौथो त्रैमासको वित्तीय विवरण अनुसार  लघुवित्तले असार मसान्तसम्ममा १५ करोड रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ६१.४३ प्रतिशत बढि हो । गत वर्ष यस्तो रकम ९ करोड २९ लाख रुपैयाँ रहेको थियो । 

    असार मसान्तसम्ममा लघुवित्तको सञ्चालन आम्दानी ३७ करोड २१ लाख रुपैयाँ पुगेको छ यो गतवर्षको तुलनामा १४.३७ प्रतिशत बढि हो भने लघुवित्तको सञ्चालन नाफा १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाख रुपैयाँमा झरेको छ । त्यस्तै असार मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ३५.०६ प्रतिशतले बढेर २९ करोड ८३ लाख पुगेको छ ।

    त्यसैगरी, लघुवित्तको सापटी २३.५३ प्रतिशतले बढेर २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने  निक्षेप ४४.३८ प्रतिशतले बढेर १३ अर्ब ४० करोड पुगेको छ  र कर्जा ३३.२३ प्रतिशत बढेको छ।


    लघुवित्तको प्रतिशेयर आम्दानी १ सय १ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ सय २ रुपैयाँ २६ पैसा रहेको छ ।

     


    images
    images

    Logo