काठमाडौं । सूर्योदय वोमी लघुवित्तको नाफा १३ प्रतिशतले घटेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा लघुवित्तको नाफा १३ करोड ९६ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा १३.०२ प्रतिशत कम हो। गत वर्ष यस्तो रकम १६ करोड ५ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४५.६७ प्रतिशतले बढेर ४६ करोड ७६ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन नाफा १६.०६ प्रतिशतले घटेर १८ करोड ७९ लाख रुपैयाँमा झरेको छ । साथै लघुवित्तको जगेडा कोषमा ८९.५२ प्रतिशतले बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्मा लघुवित्तको सापटी ५ अर्ब ७० करोड पुगेको छ । निक्षेप ४ अर्ब २७ करोड र कर्जा १० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७० रुपैयाँ ५५ पैसा रहेको छ।



