काठमाडौं । १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमबार बैंकले १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ भने १८२ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी बिल ९१ दिनको कात्तिक १५ गते परिपक्क हुनेछ भने १८२ दिनको माघ १७ गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।