images
images

२ हजार २५८ प्रतिशतले बढ्यो आँखुखोला जलविद्युतको नाफा, कति छ ईपीएस ?


  • 639
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    २ हजार २५८ प्रतिशतले बढ्यो आँखुखोला जलविद्युतको नाफा, कति छ ईपीएस ?

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको नाफा २५८.६५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्ममा २ करोड ४८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको तुलनामा यो २५८.६५ प्रतिशतले बढी हो । गत वर्ष यस्तो रकम १० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

    साथै चौथो वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी २२ करोड २९ लाख रुपैयाँ पुगेको छ। यो गतवर्षको तुलनामा १५.१९ प्रतिशत बढी हो । त्यस्तै, कम्पनीको सञ्चालन नाफा १५.०२ प्रतिशतले बढेर १४ करोड २० लाख रुपैयाँमा पुगेको छ । 

    असार मसान्तसम्ममा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ १० पैसा रहेको छ । कम्पनीको जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ 


    images
    images

    Logo