काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको यसप्रकार रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ११ पैसा कायम भएको छ ।
त्यस्तै, यूरो १ को खरिददर १ सय २९ रुपैयाँ २४ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ ८५ पैसा रहेको छ ।
