images
images

नेश्नल हाइड्रोपावर १ करोड ७४ लाख घाटा, अन्य सुचकहरु कस्तो छ ?


  • 587
    SHARES
  • २०७९ श्रावण १४ गते शनिबार

    नेश्नल हाइड्रोपावर १ करोड ७४ लाख घाटा, अन्य सुचकहरु कस्तो छ ?

    काठमाडौं । नेश्नल हाइड्रोपावर कम्पनी १ करोड ७४ लाख रुपैयाँले घाटामा रहेको छ। हाइड्रोपावरले सार्वजनिक गरेको चौथो विवरण अनुसार असार मसान्तसम्ममा हाइड्रोपावरको १ करोड ७४ लाख नाफा घाटा भएको हो।

    गत आर्थिक वर्षमा कम्पनीको आम्दानी बढेको छ। अघिल्लो वर्ष २ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष ४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। अहिले कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्न प्रकृया अघि बढाएको छ। जगेडामा १ करोड ७० लाख रुपैयाँ छ। गत वर्ष कम्पनीले तल्लो इन्द्रावती जलविद्युत निर्माणको लागि लाइसेन्स पाएको छ। उसले उक्त आयोजनाको निर्माण कार्य अघि बढाइसकेको छ।

    गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीका प्रतिशेयर आम्दानी ८६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १ सय  रुपैयाँ रहेको छ।

     


    images
    images

    Logo