images
images

५५ प्रतिशतले बढ्यो सिवाईसी नेपाल लघुवित्तको नाफा


  • 524
    SHARES
  • २०७९ श्रावण १३ गते शुक्रबार

    ५५ प्रतिशतले बढ्यो सिवाईसी नेपाल लघुवित्तको नाफा

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको नाफा ५५ प्रतिशतले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्ममा लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ५५।०८ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम ५ करोड १८ लाख रुपैयाँ रहेको थियो । 

    असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ यो गत वर्षको तुलनामा ५७.२३ प्रतिशत बढी हो । लघुवित्तको सञ्चालन मुनाफा ६२.११ प्रतिशतले बढेर ३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा जगेडा कोषको रकम २८ करोड ८ लाख रुपैयाँ पुगेको छ यो गत वर्षको तुलनामा १ सय ९९.७२ प्रतिशत बढी हो।

    त्यसैगरी, लघुवित्तको सापटी ४ सय ६२.८७ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने लघुवित्तको निक्षेप ५७.६७ प्रतिशत र कर्जा १०५.२१ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रति शेयर आम्दानी ६६ रुपैयाँ ४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ३० रुपैयाँ ८६ पैसा रहेको छ।


    images
    images

    Logo