images
images

बढ्यो आशा लघुवित्तको नाफा, अन्य सुचकहरु कस्तो छ ?


  • 501
    SHARES
  • २०७९ श्रावण १३ गते शुक्रबार

    बढ्यो आशा लघुवित्तको नाफा, अन्य सुचकहरु कस्तो छ ?

    काठमाडौं । आशा लघुवित्तको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चौथो विवरण अनुसार असार मसान्तसम्ममा लघुवित्तले १२ करोड ३५ लाख नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ०.४४ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम १२ करोड ३० लाख रुपैयाँ रहेको थियो । 

    असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १९.४७ प्रतिशतले बढेर ३१ करोड ७५ लाख रुपैयाँमा पुगेको छ भने कुल सञ्चालन आम्दानी १९.८७ प्रतिशत बढेर ४२ करोड ३६ लाख रुपैयाँमा पुगेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.८९ प्रतिशत घटेको छ।

    चौथो त्रैमाससम्ममा लघुवित्तकाो जगेडा कोष १ सय २१.३३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २६.१३ प्रतिशतले बढेर २ अर्ब ७७ करोड पुगेको छ भने लघुवित्तको निक्षेप ३४.६२ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको कर्जा ३०.९९ प्रतिशत बढेको छ। लघुवित्तको प्रति शेयर आम्दानी ३७ रुपैयाँ १ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ६५ रुपैयाँ ६७ पैसा रहेको छ।


    images
    images

    Logo