काठमाडौं । तरलता अभाव भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले आज ७ दिने रिपो जारी गर्न लागेको हो।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही साउन १९ गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। बैंकहरुमा तरलताको समस्या भएपछि रिपो मार्फत तरलता व्यवस्थापन गर्न वित्तीय बजारमा उक्त रकम पठाउन लागेको हाे ।