images
images

राष्ट्र बैंकबाट थप ७ अर्ब रुपैयाँ बाहिरियो, ६१६ अर्बको नोट चलनचल्तीमा 


  • 414
    SHARES
  • २०७९ श्रावण १२ गते बिहीबार

    राष्ट्र बैंकबाट थप ७ अर्ब रुपैयाँ बाहिरियो, ६१६ अर्बको नोट चलनचल्तीमा 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले  थप ७ अर्ब रुपैयाँ बजारमा पठाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न समयमा गरि बैंकबाट ७ अर्ब बजारमा पठाएको हो । 

    राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म बजारमा ६ खर्ब ९ अर्ब रुपैयाँ रहेको थियो। असार  मसान्तमा यो रकम बढेर ६ खर्ब १६ अर्ब रुपैयाँमा पुगेको छ । यो रकम बैंक, निजी क्षेत्र र आम जनतासँग कायम रहेको रकम हो । 

    त्यस्तै एक महिनामा नेपाल राष्ट्र बैंकमा सुनचाँदीमा लगानी गर्ने रकम २ अर्ब ८५ करोड रुपैयाँले  घटेको छ । राष्ट्र बैंकको सुनचाँदीमा लगानी गर्ने रकम ८५ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो रकम चैत मसान्तसम्ममा ८७ अर्ब ९० करोड  रुपैयाँ रहेको थियो । 


    images
    images

    Logo