images
images

४३.७७ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, ईपीएस कति ?


  • 505
    SHARES
  • २०७९ श्रावण १२ गते बिहीबार

    ४३.७७ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, ईपीएस कति ?

    काठमाडौं । एभरेष्ट बैंकको नाफा ४३.७७ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३७।१५ प्रतिशत बढेर ५ अर्ब ४२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको कुल सञ्चालन आम्दानी असार मसान्तसम्मा ७ अर्ब ५ करोड ५ लाख रुपैयाँ पुगेको छ यो गत वर्षको तुलनामा ३२.८८ प्रतिशत बढी हो ।त्यस्तै, सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ।

    असार मसान्तसम्ममा बैंकको जगेडा कोष १२.५७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ७.८१ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ७३ करोड पुगेको छ भने  र कर्जा १३.९३ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।असार मसान्तसम्मा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँले बढेर २६ रुपैयाँ ८९ पैसामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ४० रुपैयाँ ७३ पैसा रहेको छ। 


    images
    images

    Logo