काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन अवकाश कोषमा रहेको १ अर्ब २० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा ९६ करोड , ख वर्गका विकास बैंकहरुमा १८ करोड र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ६ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई साउन १२ गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६७ दिन अवधिको हुनेछ ।