images
images

२४.४९ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको नाफा


  • 411
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    २४.४९ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको नाफा

    काठमाडौं । एनआईसी एशिया लघुवित्तको नाफा २४.४९ प्रतिशतले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चौथो त्रैमासको विवरण अनुसार असार मसान्तसम्ममा लघुवित्तले  ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा लघुवित्तले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    चौथो त्रैमाससम्मा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ छ भने लघुवित्तको सञ्चालन मुनाफा ३१.७३ प्रतिशत बढेर  ९२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। जगेडा कोष १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ यो गत वर्षको तुलनामा ६८.५६ प्रतिशत बढेको हो। त्यसैगरी, लघुवित्तको सापटी ४.६१ प्रतिशत, निक्षेप २५.२० प्रतिशत र कर्जा २९.३४ प्रतिशत बढेको छ।

    असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी  ३३ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १ सय ८९ रुपैयाँ रहेको छ भने लघुवित्तको मूल्य आम्दानी अनुपात २५।५४ गुणा रहेको छ । 


    images
    images

    Logo