काठमाडौं । पुर्वअर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन सुरु गर्ने भएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकले ११ जना सदस्यीयको विशेष समिति गठन गरेको थियो उक्त समितिले मंगलबारबाट छानविन सुरु गर्ने भएको हुन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि प्रसाद सापकोटाले छानविन समितिहरुलाई सहजीकरण बैठक गरेका थिए । । अहिलेसम्म छानबिन समितिको बैठक बस्न नसकेकाले कसलाई अध्यक्ष बनाउने भन्ने टुङ्गो भने लागेको छैन् भने समितिको सचिवमा सुरेन्द्र अर्याललाई तोकिएको छ ।
समितिलाई छानबिनका लागि १० दिनको समय दिइएको छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गरेको पूर्वमन्त्री शर्मामाथि आरोपी छ ।उक्त आरोप लागेपछि शर्माले मन्त्री पदबाट राजीनामा दिएका थिए ।



