काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले ३ देशको लागि राजदुत नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले ओमनका लागि डोरनाथ अर्याल, साउदी अरेबियाको लागि नवराज सुवेदी र श्रीलङ्काका लागि वासुदेव मिश्रलाई राजदुत नियुक्त गरेकी हुन् ।
उनीहरुलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम ३ देशको लार्गि नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको हो ।