काठमाडौं । सशस्त्र प्रहरीका ७ जना सशस्त्र नायव प्रहरी निरीक्षक (सई) लाई सशस्त्र प्रहरीमा निरीक्षक ( इन्स्पेक्टर) बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार कसेको बढुवा समितिको बैठकले ७ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।
बढुवा हुनेमा मणिराम के.सी, मछेन्द्र शाही, विजयराज थापा क्षेत्री, अनिरुद्र कुँवर, सुनिल बस्नेत, संजय योगी र घनश्याम घिमिरे रहेका छन् । बढुवा सिफारिस उपर चित्त नवुझ्ने सशस्त्र नायव प्रहरी निरीक्षकले ७ दिन भित्र बढुवा उपर उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सके छन् ।
