काठमाडौं । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएकोे उनको अवस्था निकै गम्भीर भएको जनाएका छन् ।
टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा“ भएको बताएका छन् ।
भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो । समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।



