images
images

शुक्रबार हुने भनिएको हिमालयन र सिभिल बैंकको मर्जर सम्झौता अनिश्चित


  • 511
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    शुक्रबार हुने भनिएको हिमालयन र सिभिल बैंकको मर्जर सम्झौता अनिश्चित

    काठमाडौं । लामाे समयदेखिकाे छलफल र बहसपछि तय भएकाे हिमालयन र सिभिल बैंकबीचकाे मर्जर सम्झाैता अनिश्चित बनेकाे छ । अन्तिम समयमा दुई पक्षबीच कुरा नमिल्दा आज हुने भनिएको एक्विजिसन सम्झौता रोकिएको हो । 

    हिमालयनले सिभिललाई ८१ रुपैयाँको अनुपातमा आफूमा गाभ्नेगरी सहमति भएको थियो । सहमतिलाई मूर्त रुप दिन आजका लागि सम्झाैता मिति ताेकिएकाे थियाे । तर, हिमालयनले डीडीए रिपोर्टका आधारमा स्वाप रेसियो घट्नसक्ने बताएपछि सम्झौता राेकिएकाे हाे ।  
    नेपाल इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर असफल भएपछि यतिबेला हिमालयन बैंक अर्काे संस्थासँग मर्जर गर्नैपर्ने बाध्यतामा छ । सम्झाैता नभएसम्म हिमालयन नियामकीय कारबाहीबाट मुक्त हुँदैन । अर्काेतिर कमजाेर कार्यसम्पादनका कारण प्रतिस्पर्धी क्षमता कमजाेर भएकाे सिभिल बैंक पनि राम्राे पार्टनरकाे खाेजीमा छ । दुवै बैंककाे बाध्यात्मक अवस्थाबीच एकले अर्काेलाई पेल्न खाेजेकाे दुवै पक्षकाे बुझाई छ ।

    आफ्नाे बाध्यताकाे फाइदा उठाउँदै सिभिलले हैसियतभन्दा बढी बार्गेनिङ गरेकाे हिमालयन बैंक पक्षकाे बुझाइ छ । उता हिमालयनले स्वाप रेसियाेमा बार्गेनिङ गरेर अपमान गर्न खाेजेकाे सिभिल बैंक पक्षकाे बुझाइ छ । उता हिमालयन बैंकमा अहिले भएकाे शेयर संरचना भत्किने र आफ्नाे हालिमुहालि टुट्ने भन्दै प्रचण्ड श्रेष्ठ पक्ष मर्जर भाँड्न लागिपरेकाे बुझाइ समेत कतिपयकाे छ ।


    images
    images

    Logo