काठमाडौं । भक्तपुरमामिनि ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरबाट चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको निशान मिनि ट्रकमा सोही दिशा तर्फ जार्दै गरेको स्कुटीले ओभरट्याक गर्ने क्रममा मिनि ट्रकमा ठक्कर खान जाँदा सल्लाघारी बस्ने ३२ बर्षीय माधब बस्नेतको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक माधब बस्नेतको त्रि.वि. शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी साधन र ट्रक चालक भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने ४३ वर्षीय सत्यराम कर्मचार्यलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।