निगमका अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश
464
SHARES
२०७९ आषाढ २३ गते बिहीबार
काठमाडाौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ । निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार भएको सुनुवाइपछि कार्यकारी अध्यक्षमाथि छानबिन गरेपनि निलम्बन गर्नु नपर्ने भन्दै निर्णय कार्यन्वयनमा रोक लगाएको छ ।
अधिकारीलाई ४ वर्ष कार्यकालको लागि सरकारले गत कात्तिकमा नियुक्त गरेको थियो । पूर्व सस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निलम्बन गरेका अधिकारी सर्वोच्च अदालतमा गएका थिए ।