काठमाडौं । मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेन्ट बैंकलाई एक आपसमा मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । बुधबार दुवै बैंकलाई पत्र लेख्दै राष्ट्र बैंकले मर्जरका क्रममा १० शर्तहरु पालना गर्न निर्देशन दिएको छ ।
बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले हस्ताक्षर गरेको पत्रमा सैद्धान्तिक सहमति पछि मर्जर बाँडिएमा राष्ट्र बैंकले गर्ने कारबाहीको समेत पत्रमा उल्लेख गरेको छ ।