काठमाडौं । सीवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त मर्जरमा जानको लागि प्रारम्भीक सम्झौतामा हस्ताक्षर भएको छ । सीवाईसी नेपाल लघुवित्तको असार २२ गते दुई लघुवित्तबीच प्रारम्भीक सम्झौतामा हस्ताक्षर भएको हाे । प्रारम्भिक सहमति अनुसार दुई कम्पनीबीच १०० बराबर ७० कित्ता शेयरको अनुपातमा मर्जरमा जाने सहमति भएको छ।
हाल आँधीखोला लघुवित्तको चुक्तापूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ । यसका साथै दुई लघुवित्त एक आपसमा गाभ्ने तथा गाभिने (मर्जरमा) जाने भएपछि नेप्सेले असार २३ गते विहीबार देखि कारोवार रोक्का गरेको छ ।