images
images

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ


  • 491
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले मानव बेचबिखनमा संलग्न ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भई टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले एक महिलालाई कुवेतमा आकर्षक तलब हुने प्रलोभन देखाएर ३ जना मिलेर भारतको नयाँ दिल्ली हुँदै कुवेतमा बिक्री गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ दौलतले पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर ललितपुरमा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

    पक्राउ रेवतीले ती महिलालाई भारतमा डान्सको काम लगाइदिने प्रलोभन देखाएर वीरगञ्जबाट भारतको रक्सौल पु¥याएर डान्समा काम गर्न लगाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा माइती नेपालले नेपाल फिर्ता ल्याएको ब्यूरोले जनाएको छ ।

    यसैगरी, भरतमणिले दुबईमा कम्पनीको प्याकिङसम्बन्धी काममा लगाइदिने भनी प्रलोभनमा पारेर काठमाडौँ विमानस्थलबाट दुबई भनी कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रवक्ता मल्लले बताए । पक्राउ ३ जनालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कारागार पठाइएको ब्यूरोले जनाएको छ । 

    न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

    न्युजिल्याण्ड पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ६३ लाख २० हजार रुपैयाँ ठगी गर्ने १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका–३ घुम्ती बस्ने नुवाकोट विदुर नगरपालिका–७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काम लगाइदिन्छु भनी प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ खर्च लाग्छ भनी नौ व्यक्तिसँग ६३ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बूढानीलकण्ठ नगरपालिकास्थित कपनको नीलोपुलबाट पक्राउ गरेको हो ।

    पक्राउ शोभालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ । 


    images
    images

    Logo