images
images

अब अर्थमन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैंले सम्हाल्ने


  • 274
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    अब अर्थमन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैंले सम्हाल्ने

    काठमाडौं । अर्थमन्त्रीको पदबाट जनार्दन शर्माले राजीनामा दिएसँगै अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । बुधवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने जानकारी दिएको हो । 

    बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले लिने निर्णय गरेका छन् ।

    2.-मा.-मन्त्रीको-कार्यभार-तोक्नु-भएको_विज्ञप्ति-1489x2048.jpg


    images
    images

    Logo