images
images

एनटीएको बोर्ड सदस्यमा रविन्द्र झा र गोकर्णप्रसाद सिटौला नियुक्त


  • 373
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    एनटीएको बोर्ड सदस्यमा रविन्द्र झा र गोकर्णप्रसाद सिटौला नियुक्त

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को बोर्ड सदस्यमा रविन्द्र झा र गोकर्णप्रसाद सिटौला नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । यसमध्ये झा प्राविधिक तर्फबाट र सिटौला लेखापालको तर्फबाट नियुक्त भएका छन् । 

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल संयोजकत्वको सिफारिस समितिले प्राविधिक तथा लेखातर्फ गरी कूल ६ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सिफारिस हुनेमा प्राविधिकतर्फ पवन पाठक, रविन्द्र झा र  राजिव सुब्बा रहेका थिए । त्यस्तै लेखातर्फ कुनाल कायाल, गोकर्णप्रसाद सिटौला र सुनिल जाकिबन्जा रहेका थिए ।

     


    images
    images

    Logo