images
images

अर्थमन्त्री शर्मामाथि छानविन गर्ने ११ सदस्यीय संसदीय समिति गठन


  • 423
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    अर्थमन्त्री शर्मामाथि छानविन गर्ने ११ सदस्यीय संसदीय समिति गठन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि ११ जना सदस्यीयको छानविन समिति गठन गर्ने सहमति भएको छ । प्रमुख विपक्षी नेकपा एमालेको मागमा ११ जनाको सदस्यीको छानविन समिति गठन भएको हो । 

    अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ। संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट ४ जना सांसद रहनेछन् भने नेपाली कांग्रेसबाट २ जना, नेकपा माओवादीबाट २ जना, एकीकृत समाजवादीबाट १ जना, जनता समाजवादी पार्टीबाट १ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना रहने भएका छन् ।  

    समितिमा खगराज अधिकारी, देव प्रसाद गुरुङ, पुष्पा भुषाल गौतम, प्रदिप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरला कुमार यादव, सिताराम महतो, सुरेद्र प्रसाद यादव रहेका छन् ।

    जेठ १५ गते अर्थमन्त्रीबाट टेबुल भएको विनियोजन विधेयकमा अनाधिकृत व्यक्तिले करको दरमा हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले छानविन समिति बनाउन माग गर्दै आएको थियो । समितिलाई आर्थिक विधेयकमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सत्य तथ्य छानविन गरी सभामा प्रतिवेदन पेश गर्ने सभामुखले निर्देशन दिएका छन् । समितिलाई १० दिनको समय दिइएको छ । 

     

     


    images
    images

    Logo