काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् । करको दर हेरफेर र सीसीटीभी फुटेजलाई लिएर विवाद बढेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन लागेका हुन ।
प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्ने छन् । बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रालयमा असम्बन्धित व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप खेप्दै आएका अर्थमन्त्री शर्माको प्रतिपक्ष दल एमाले राजीनामा माग्दै संसदीय छानविन समिति गठन गर्नुपर्ने कुरामा अडिक रहँदै आएको छ ।
तर अर्थमन्त्री शर्माले आफुले कुनै गल्ती नगरेको स्पष्टीकरण दिँदै आएका छन् । शर्माले आफुले जनपक्षीय बजेट ल्याएको दाबी गर्दै विरोधीले आफुलाई सिध्याउन षड्यन्त्र गरेको आरोप लगाएका थिए । (नेपाल न्युज बैंकबाट)



