काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बन्ने संसदीय समितिका लागि दलहरूसँग सदस्यको नाम माग गरेका छन्। बुधवार सभामुखले दलका प्रमुख सचेतकहरुलाई आफ्नो कार्यकक्षमा डाकेर संसदीय समिति गठन गर्न नाम माग गरेका हुन् ।
शर्मामाथि छानबिन गर्न बन्ने समितिमा कोको सदस्य रहने भन्ने जानकारी सभामुख सापकोटाले संसद बैठकमा दिने भएका छन् ।
चौतर्फी दवाव आएपछि बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र सीसीटिभी फुटेज डिलिटबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको थियो ।