काठमाडौं । काठमाडौं महानगरपालिकालाई मनोरञ्जनात्मक क्षेत्रहरुलाई कर तिर्न आग्रह गरेका छन् । महानगरपालिकाले सुचना जारी गर्दै मनोरञ्जनात्मक क्षेत्र भित्र पर्ने चलचित्र हल, क्यासिनो, भिडियो घर, कँन्सर्ट दोहोरी साझँ, डान्सबार तथा नाईट क्लब, साँस्कृतिक प्रदर्शन हल, थियटर, नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जम्वा, समाज एण्ड स्पा, स्वीमिङ पुल र पार्क कर तिर्न आग्रह गरेको हो ।
महानगरपालिकाले राजस्व विभागमा पुगेर मनोरञ्जन कर बुझाएर प्रमाण जाँच गरी व्यवसाय नवीकरण तथा दर्ता गर्नेका लागि आग्रह गरेको छ ।
