काठमाडौं । मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ ।
दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ गतेसम्म सो सङ्ख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीता थापाले बताए । उनका अनुसार यस अवधिमा ६ सय ७९ नयाँ उद्योग दर्ता भएको छ ।
त्यस्तै, उक्त अवधिमा २ सय ८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ९ सय ७० नयाँ उद्योग दर्ता भएको छ । ३६९ उद्योग नवीकरण भएको थियो ।
त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६ सय ६९ नयाँ उद्योग दर्ता र २ सय ३७ वटा उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा छ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ ।
उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २ सय ७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १० उद्योग खारेज गरिएको थियो । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १ सय ६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ ।
त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २ सय ९ नयाँ उद्योग दर्ता भएका र १ सय ७३ उद्योगको नवीकरण भएको थियो ।
त्यस्तै वाणिज्यतर्फ आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ सम्म ७२ वटा वाणिज्य दर्ता खारेज भएको कार्यालय प्रमुख थापाले बताए । उनले भने, “यस अवधिमा ४०८ नयाँ वाणिज्य दर्ता भएका छन् भने २८८ वटा वाणिज्यको नवीकरण भएका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै, ६ सय ४० नयाँ वाणिज्य दर्ता भएको र ५ सय ५८ वाणिज्यको नवीकरण भएको छ । आर्थिक वर्ष २०७६/७७ मा २५ खारेज भएको थियो । सो अवधिमा ७ सय ६२ वाणिज्य दर्ता तथा ३ सय २० को नवीकरण भएको थियो ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ७ सय ६२ वटा नयाँ दर्ता र ३ सय २० नवीकरण भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ४ सय १४ दर्ता एवं ४ सय ५८ को नवीकरण भएको थियो भने २ सय १० नयाँ दर्ता तथा २ सय ६४ नवीकरण भएको कार्यालयले जनाएको छ ।



