images
images

अर्थसचिवले भने 'अर्थमन्त्री रहुन्जेल मन्त्रालय आउँदिन'


  • 412
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    अर्थसचिवले भने 'अर्थमन्त्री रहुन्जेल मन्त्रालय आउँदिन'

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्माको गलत कार्य रोक्न नसकेको आरोप खेपिरहेका अर्थसचिव मरासिनी बुधबारबाट बिदामा बसेका हुन् । मधुकुमार मरासिनीले अर्थमन्त्री शर्मा मन्त्री रहुन्जेल उनी मन्त्रालय नफर्किने भएका छन् । 

    अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न भएको तथा बजेट निर्माण हुने समयमा सीसीटिभी फुटेज डिलिट भएपछि मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।


    images
    images

    Logo