काठमाडौं । आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।