images
images

पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 610
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो। उक्त आईपीओमा माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय थप गरिएको हो । 

    अब सो आईपीओमा साउन ५ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले कुल ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गर्न लागेको छ । जसमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं। १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo