काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मासँग राजीनामा मागेका हुन् ।
अर्थमन्त्री शर्माको चौतर्फि आलोचना आएपछि प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् । कर प्रशासनभन्दा बाहिरका व्यक्तिबाट आर्थिक ऐन बनाएको आरोप लागेका अर्थमन्त्री शर्माले सिसिटिभि फुटेज दिन समेत अस्वीकार गरेपछि विभिन्न व्यक्तीले उनको राजीनामा माग गर्दै आइरहेका थिए ।
सोही अनुसार देउवाले मन्त्रिपरिषदको बैठकमा शर्मालाई राजिनामा दिन भनेका हुन् ।