काठमाडौं । मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
सोमवार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलवार तेजावी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।