images
images

भारतमा २०० मेगावट बिजुली निर्यात गर्ने टेण्डर रद्द


  • 531
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    भारतमा २०० मेगावट बिजुली निर्यात गर्ने टेण्डर रद्द

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भनेजस्तो मूल्य नपाएपछि भारतमा २०० मेगावट बिजुली बेच्न आह्वान गरेको टेण्डर रद्द गरेको छ । टेण्डरमा भारतका ६ विद्युत व्यापार कम्पनीले प्रस्ताव पेश गरेका थिए । तर, उनीहरुले प्रस्ताव गरेको चित्त नबुझेपछि टेन्डर रद्द गरेको प्राधिकरणको भनाई छ । 

    अहिले प्राधिकरणले भारतको खुला बजारमा प्रतियुनिट १९ रुपैयाँ २० पैसा (भारु १२ रुपैयाँ) सम्ममा बिजुली बेचिरहेको छ तर टेन्डरमा सहभागि कम्पनीहरुले प्रतियुनिट अधिकतम ७ रुपैयाँ ७७ पैसा ( ४ .४६ भारु) सम्ममात्र दिने प्रस्ताव गरेका छन् । जुन नेपालकै औसत विक्रीदरभन्दा कम हो । 

    नेपालमा औसत विक्रीदर प्रतियुनिट १० रुपैयाँ छ । भारतबाट चित्तबुझ्दो खरिददर प्रस्ताव नआएपछि प्राधिकरणले टेन्डर रद्द गरेको हो ।  भारतमा जारी उर्जा संकटका कारण प्राधिकरणले मूल्य राम्रो पाइरहेको छ । त्यही बेला भारतीय कम्पनीबाट अत्यन्त न्यूनदरमा प्रस्ता आएको प्राधिकरणको भनाइ छ । 


    images
    images

    Logo