images
images

२१ बुँदे कार्ययोजनापछि शेयर बजारमा उत्साह, नेप्से ४८ अंकले बढ्यो


  • 60
    SHARES
  • २०८३ भाद्र ३० गते मंगलबार

    २१ बुँदे कार्ययोजनापछि शेयर बजारमा उत्साह, नेप्से ४८ अंकले बढ्यो

    काठमाडौं । पूँजीबजार सुधारका लागि अर्थ मन्त्रालयले २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि शेयर बजारमा उत्साह देखिएको छ । लगातार तेस्रो कारोबार दिन बढेको नेप्से परिसूचक आज ४८ दशमलव ५७ अंकले बढेर २ हजार ६३३ दशमलव ६२ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेन्सेटिभ परिसूचक ९ दशमलव १९ अंकले बढेर ४६७ दशमलव ४५ विन्दुमा पुगेको छ । फ्लोट परिसूचक ३ दशमलव ५६ र सेन्सेटिभ फ्लोट परिसूचक ३ दशमलव १३ अंकले बढेका छन् । सबै उपसमूहको सूचक सकारात्मक देखिएकोमा लगानी र बीमा समूह साढे २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

    आज ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यो कारोबार रकम करिब दुई महिनायताकै उच्च हो । यसअघि असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २६५ कम्पनीको शेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

    धौलागिरि लघुवित्तको शेयर मूल्य १५ प्रतिशतले बढेको छ भने एभरेस्ट बैंकको डिबेन्चर करिब साढे ५ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनामा पूँजीबजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएका छन् ।


    images
    images

    Logo