काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । दुर्घटना भएकोमा काठमाडौं, चितवन, नवलपरासी (पूर्व), बारा, र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।
काठमाडौं नगरपालिकास्थित कोटेश्वरमा आइचरले मोटरसाइकलाई ठक्कर दिदाँ पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया संझना राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलस्थित सडकमा कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीया सेतीमाया घलान अधिकारीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै, नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका–७ गोछडाटारमा ट्याक्टरको ढाला पल्टिएर च्यापिँदा ट्याक्टर चालक कावासोती नगरपालिका–१७ बस्ने ५५ वर्षीय शान्तिनाथ महतोको आइतबार दिउँसो मृत्यु भएको छ । यसका साथै गम्भीर घाइते भएका शान्तिनाथको मध्यविन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ नाबिन क्रसरस्थित सडकमा बसले अटोलाई सोमबार बिहान ठक्कर दिँदा अटोका चालक बारा रतनपुर गाउँपालिका डम्बरपुर बस्ने २६ वर्षीय मिलन सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



