images
images

राजश्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा, झलक अधिकारीलाई पठाइँदै


  • 548
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    राजश्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा, झलक अधिकारीलाई पठाइँदै

    काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । 

    पौडेल अघिल्लो गत असोजमा विभागमा सरुवा भएर आएका थिए । ८ महिना नपुग्दै उनलाई सरुवा गरिएको हो । उनले सोमबार रमाना लिँदैछन् । 

    उनको सरुवासँगै नयाँ महानिर्देशकमा झलक अधिकारीलाई पठाउने तयारी गरिएको छ । उनी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थिए ।

    अधिकारी त्योभन्दा अघि सहकारी विभागको रजिष्ट्रार थिए भने त्यसभन्दा अघि ठूला करदाता कार्यालयका प्रमुख थिए । 

    महानिर्देशक बनाउनकै लागि अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिसकिएको छ । 


    images
    images

    Logo