images
images

२३ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ८९ करोडमाथि


  • 389
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    २३ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ८९ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९५ अंकले घट्दा २ हजार ५ सय ४४ मा पुगेको छ । आज कारोवार रकममा गिरावट आएको छ । आज कारोवारमा आएका २ सय २८ कम्पनीको १ अर्ब ८९ करोड १ लाख ६४ हजार  बराबरको ३७ लाख ८७ हजार कित्ता किनबेच भएको छ । 

    आज २८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ६४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

    आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ हजार २ सय २४ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोवारमा आएका मध्ये ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुबित्त र नेष्डो समृद्ध लघुबित्त रहेका छन् । 


    images
    images

    Logo