काठमाडौं । साताको चौथो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १४.२६ अंकले घटेदा १ हजार ५ सय ३६ दशमलव ५८ अंकको बिन्दुमा पुगेरको छ । आज कारोबार रकम पनि गिरावट आएको छ । आज १ अर्ब ७५ करोड बराबरको ३८ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ ।
आज होटेल तथा पर्यटन समूह ०.८३ प्रतिशतले बढेको छ भने यी बाहेकका सबै समूहहरु राताम्मे बनेका छन् । आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
आज कारोवारमा आएका ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा इमर्जिङ नेपाल, नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्त रहेको छ ।



