images
images

४१ अंकले नेप्से घट्दा धेरै कमाउने निर्जीवन विमा कम्पनीका लगानीकर्ता 


  • 465
    SHARES
  • २०७८ चैत्र १३ गते आइतबार

    ४१ अंकले नेप्से घट्दा धेरै कमाउने निर्जीवन विमा कम्पनीका लगानीकर्ता 

    काठमाडौं । नेपाल स्टक ए्क्सचेञ्ज (नेप्से) ४१.४३ अंकले घट्दा २ हजार ५ सय ७२ दशमलव २३ मा पुगेको छ । आज शेयर बजारमा गिरावट आउँदा कारोबार रकममा भने वृद्धि भएको छ । आज २ सय २३ कम्पनीको ४ अर्ब ९८ करोड बराबरको ८९ लाख २३ हजार कित्ता बराबरको शेयर किनबेच भएको छ । 

    आज कारोवारमा आएका १३ परिसुचकको समुहमध्ये निर्जीवन विमा बाहेक सबै समुहको परिसुचक राताम्मे भएका छन् । आज निर्जीवन विमाको १.०९ प्रतिशतले बढेको छ । आज सबैभन्दा अपी पावर कम्पनीको शेयर कारोवार भएको छ । यस कम्पनीको २७ करोड ५७ लाख बराबरको शेयर कारोवार भएको छ । 

    आज ३ कम्पनीको शेयर बजारमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 


    images
    images

    Logo