काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १६.६९ अंकले घट्दा २ हजार ६ सय १३ दशमलव ६७ पुगेको छ । आज २ सय २४ कम्पनीको ३ अर्ब २४ करोड बराबरको ५२ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजार घट्दा कारोबार रकममा भने बढेको छ ।
आज कारोबारमा आएका कम्पनीहरु मध्ये ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ४१ कम्पनीको शेयर मुल्य घटेको छ । आज बजारमा गिरावट आउँदा ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र युनाइटेड इर्दी मर्दी आरबि हाइड्रोपावरको सकारात्मक सर्किट लागेको हो ।



