काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.३४ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ३६ मा पुगेको छ । आज २ सय २६ कम्पनीको २ अर्ब ४ करोड बराबरको ३९ लाख ८५ कित्ता शेयर किनबेच भएको छ ।
त्यस्तै, आज बजार घट्दा पनि ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ५६ कम्पनीको शेयर मुल्य घटेको छ । आज कारोबारमा आएका १३ परिसुचक समुहमध्ये ट्रेडिङ र म्युचअल फण्डको समुहको सूचक बढ्दा ११ समुहको सूचक घटेको छ ।
आज सर्वाधिक कारोबार एनआईसी एशियाको भएको छ । यस कम्पनीको ४ करोड ४१ लाख बराबराको शेयर कारोबार भएको छ ।
उक्त आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको आज १० प्रतिशतले बढेको छ भने इमर्जिङ नेपाल करिब १० प्रतिशतले बढेको छ ।



