काठमाडौं । लगातार उतारचढाव बिच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०७ अंकले अंकले बढेर बजार २ हजार ६ सय ३४दशमलव ५७ बिन्दुमा पुगेको छ । आज काराेबार भएदेखि रातो भइरहेको बजार कारोबार बन्द हुन २० मिनेट बाँकी हुँदा एकाएक हरियो यात्रामा प्रवेश गरेको हो।
२ सय ३१ कम्पनीको शेयर कारोबार हुदाँ २ अर्ब ५९ करोड रूपैयाँ बराबरको ५१ लाख ८९ हजार कित्ता शेयर किनबेच भएको छ । १ सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मूल्यमा गिरावट आएको छ। आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ९ करोड २३ लाख रुपैयाँका शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ९ करोडमाथिको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोडमाथिको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुपका लगानीकर्ताले ७.६७ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४९ प्रतिशतका दरले कमाएका छन् ।



