काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६७ अंकले घट्दा २ हजार ६ सय ६१ दशमलव ५८ मा पुगेको छ । आज २ सय २४ कम्पनीको २ अर्ब २७ करोड बराबरको ४२ लाख ८७ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका ४६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ४१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज कारोबारमा आएका १३ समुहका परिसुचक मध्ये लगानीकर्ता समुह बाहेक १२ कम्पनी राताम्मे भएका छन् । बजार घट्दा धेरै कमाउनेमा लगानीका लगानीकर्ता रहेका छन् जसको १.६६ प्रतिशतले बढेको छ । भने धेरै गुमाउनेमा होटल एण्ड टुरिजमका लगानीकर्ता रहेका छन् जसको १.९५ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका मध्य २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्र उत्थान लघुबित्तको १० प्रतिशतले बढेको छ भने इमर्जिङ नेपालको करिव १० प्रतिशतले बढेको छ ।



