images
images

नेप्से १९ अंकले घट्यो, सबैभन्दा बढी गुमाउने अन्य समुहका लगानीकर्ता


  • 449
    SHARES
  • २०७८ चैत्र २ गते बुधबार

    नेप्से १९ अंकले घट्यो, सबैभन्दा बढी गुमाउने अन्य समुहका लगानीकर्ता

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९६ अंकले घट्दा २ हजार ६ सय ३१ दशमलव ३२ मा पुगेको छ ।  आज कारोबारमा आएका २ सय ३१ कम्पनीको २ अर्ब ५७ करोड बराबरको ४९ लाख ६७ कित्ता बराबरको शेयर कारोबार भएको छ । आज शेयर बजारसगँ कारोबार रकम पनि गिरावट आएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ३५ कम्पनीको शेयर मुल्य घटेको छ । 

    आज कारोबारमा आएका १३ समुहको परिसुचक मध्ये होटल एण्ड टुरिजम २.०९ प्रतिशतले बढेको छ । त्यस्तै, निजीवन बिमा ०.६४ प्रतिशतले बढेको छ भने म्युचअल फण्ड ०.०२ प्रतिशतले बढेको छ । बाँकी रहेका १० कम्पनी राताम्मे भएका छन् ।  आज बजार घट्दा पनि सबैभन्दा बढी कमाउने लगानीकर्ता होटल एण्ड टुरिजमका रहेका छन् भने सबैभन्दा बढी गुमाउने अन्य समुहको लगानीकर्ता रशेका छन् । 

    आज शेयर बजार गिरावट आउदाँ पनि इमर्जिङ नेपालको सकारात्मक सर्किट लागेको छ । इमर्जिङ नेपालको ९.९८ प्रतिशतले बढेर ४ सय ७२  दशमलव ६० मा पुगेको छ । 


    images
    images

    Logo