images
images

१७ अंकले घट्यो नेप्से, होटल एण्ड टुरिजममा झुम्मिए लगानीकर्ता


  • 386
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    १७ अंकले घट्यो नेप्से, होटल एण्ड टुरिजममा झुम्मिए लगानीकर्ता

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.१५ अंकले घट्दा २ हजार ६ सय ५० दशमलव ९७ पुगेको छ । आज शेयर बजार घट्दा २ सय २९ कम्पनीको शेयर कारोबार हुदाँ ३ अर्ब ३६ करोड बराबरको ६ लाख ५२ हजार कित्ता शेयर कारोवार भएको छ ।  आज कारोबार आएका कम्पनी मध्ये ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ३० कम्पनीको शेयर मुल्य घटेको छ । 

    आज काराबारमा आएका १३ समुहको परिसुचक मध्ये होटल एण्ड टुरिजमको ३.१६ प्रतिशतले बढेका छन् भने निजीबन बिमाको ०.५६ प्रतिशतले बढेको छ । त्यस्तै, जीबन बिमाको ०.७२ प्रतिशतले बढेको छ । म्युचअल फण्डको ०.६१ प्रतिशतले बढेको छ । भने बाँकी रहेका ९ कम्पनीको परिसुचक राताम्मे भएका छन् । 

    शेयर बजारमा गिरावट आउँदा इमर्जिङ नेपाल कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ  यस कम्पनीको ९.९८ प्रतिशतले बढेर ४ सय २९ दशमलव ७० अंकमा पुगेको छ । 


    images
    images

    Logo