images
images

पिसिआर परिक्षण गर्न अस्पताल जान नपर्ने, घरमै बसेर हुने


  • 2.2K
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    पिसिआर परिक्षण गर्न अस्पताल जान नपर्ने, घरमै बसेर हुने

    काठमाडौं । कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला जान नपर्ने भएको छ । 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड –२०७८ ल्याएको छ ।

    कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो । 

    यसरी घरमा नै बोलाएर पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्ने जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बताए ।

    अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट टे«सिङमा परेकालाई निःशुल्क र आफूखुशी पिसिआर गराउनेलाई रु एक हजार तथा निजी प्रयोगशालाले रु दुई हजार लिने गरेका छन् । 

    मापदण्डमा बिरामीले इच्छाएको अवस्थामा कोभिड–१९ पिसिआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीबाट बिरामीको घरबाटै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने उल्लेख गरिएको छ । 

    घरमा गएर स्वाब सङ्कलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना सङ्कलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ । 

    अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोशगालाले अहिले दैनिक करिब २० हजार पिसिआर परीक्षण गर्ने गरेका छन् ।


    images
    images

    Logo